Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री ओली र माधव नेपालबीच वार्ता हुँदै

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

एमाले स्रोतका अनुसार आज विहान ११ बजे दुवै पक्षका शीर्ष नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा भेट हुने भएका छन् ।

पछिल्लो समय पार्टी भित्र रहेको विवादलाई टुङ्गोमा पुर्याउन आज ११ बजे धुम्बाराहीमा दुवै पक्ष भेट हुन लागेका हुन् ।

धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।
त्यस्तै, अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् ।

पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको ओलीनिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077