Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली सरकारलाई बिस्थापित गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुले ओली नेतृत्वको सरकार विस्थापन गर्दै नयाँ संयुक्त सरकार गठन गर्नु रहेको बताएका हुन् ।

पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन र सांगठनिक प्रक्रियाबारे छलफल गर्न बसेको बैठकमा पार्टीको नाम फेर्ने, ऋषि कट्टेलको नेकपासँग एकता गर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेण्डा पेस भएका छन् ।

बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए ।
आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन ।

बैठक पुन भोलि ११ बजे बस्दै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077