Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको बैठकमा पार्टीको नाम फेर्नेदेखि एकतासम्मको एजेण्डा तय

काठमाडौं । जारी नेकपा माओवादी केन्द्रको केन्दीय समिति बैठकमा ६ वटा एजेण्डाहरु पेश भएका छन् ।

पेरिसडाँडामा जारी बैठकमा पेश  भएका एजेण्डाहरमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र पार्टीको नाम परिवर्तन र कम्युनिष्ट पार्टीहरुबीचको एकता) रहेको स्रोतले जनाएको छ ।

एजेण्डाहरु मध्ये अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० राखिएको थियो । तर, सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

त्यस्तै, आजको बैठकमा सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताईएको छ।

सर्वोच्चले माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलोपटक माओवादी केन्द्रीय कमिटी बैठक बसेको हो । तत्कालीन नेकपा एमालेसँग पार्टी एकीकरण गर्नुपूर्व २०७५ जेठमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077