Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी प्रधान कार्यालयसहित प्रहरीका २८७ युनिटको नाम हेरफेर (नामसहित)

काठमाडौं । सरकारले प्रहरी प्रधान कार्यालयसहित नेपाल प्रहरीका २ सय ८७ युनिटको नाम हेरफेर गरेको छ ।

अब प्रहरी प्रधान कार्यालयदेखि सीमा सुरक्षा चौकीसम्मका युनिटको नाम परिवर्तत भएको छ ।

हेरफेरसँगै प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) को नाम नेपाल प्रहरी प्रधान कार्यालय बनाइएको छ ।

त्यसैगरी उपत्यकाको समग्र शान्तिसुरक्षा व्यवस्थापन र सुपरिवेक्षण गर्दै आएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय बनाइएको छ ।

त्यस्तै महानगरीय अपराध महाशाखालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरको नाम जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर भएको छ ।

उपत्यकाभित्रका वृत्त, प्रभाग र बेसका अघि रहेको महानगरीय शब्द पनि हटाइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय राखिएको छ ।

महानगरीय सशस्त्र प्रहरी गणलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नामकरण गरिएको छ ।

अब महानगरीय प्रहरी वृत्त हुने कार्यालयहरुको नाम प्रहरी वृत्त मात्रै रहने छ ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृत गरे पनि हेरफेर भएका प्रहरी युनिटहरूको नाम सार्वजनिक गरिएको थिएन ।

यस्तो छ नयाँ नामावली

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077