Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चैत ४ र ५ गतेपछि ओली समूह तितरबितर हुने नेपाल-खनाल पक्षको दाबी

काठमाडौंं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले बोलाएको बैठकमा नआए कारवाही गर्ने धम्की दिएकै बेला नेकपा एमालेको नेपाल -खनाल समूहको आज बसेको बैठकले राष्ट्रिय कार्यकर्ता भेला बोलाएर ओलीलाई चुनौती दिएको छ ।

आज बसेको वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल निकट केन्द्रीय सदस्यहरुको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

यो भेलाले ओली समूह  कमजोर बनेर तितरबितर हुने नेपाल-खनाल पक्षले दाबी गरेको छ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी अन्य पदाधिकारीलाई बोलाइएको नेता भीम रावलले जानकारी दिएका छन् ।

बैठकमा नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका पदाधिकारीहरु हटाएर माओवादी केन्द्रबाट सरकारमा रहेकाहरु लगायत २३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेपछि नेपाल–खनाल पक्ष आक्रोशित बनेको छ ।

नेपाल–खनाल समूहले आजै समानन्तर कमिटीहरु समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077