Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला आयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेको भन्दै प्रजातन्त्रलाई स्थायी बनाउन उनीहरुविरुद्ध लड्नुपर्ने बेला आएको बताए ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भनेण्‘कम्युनिष्टहरु एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छन् । भूठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो ओली सरकारको । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ ।’

नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गर्दै देउवाले अरु राजनीतिक पार्टीहरु प्रजातन्त्रवादी नै नभएको आरोप लगाए ।

परिस्थिति आइपर्‍यो भने सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट नभाग्ने दोहोर्‍याउँदै सभापति देउवाले कांग्रेसले लोभ र हतार गर्न नहुने पनि बताए ।

उनले भने–‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077