Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको जिम्मेवारी सम्हाल्न च्यासल पुगे बादल

काठमाडौं । करीब चार दशकसम्म माओवादीको राजनीति गरेका गृहमन्त्री रामबहादुर थापा 'बादल' शुक्रबारबाट नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार एमाले प्रवेशसँगै प्रदेश-३ को इन्चार्जसमेतको जिम्मेवारी पाएका बादलले शनिबारदेखि औपचारिक रुपमा एमालेको जिम्मेवारी सम्हालेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको विशेष केन्द्रीय कमिटी बैठकले बादललाई वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो ।

जिम्मेवारीसँगै बादलले आज च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेर कार्यभार सम्हालेका हुन् ।

प्रतिष्ठानमा एमालेको वागमती प्रदेश कार्यालय छ । बादललाई प्रदेश इन्चार्जको रुपमा अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनीलगायतका नेताहरुले स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077