Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैन : उपेन्द्र यादव

काठमाडौँ । सत्ता समीकरणको लागि छलफल  गर्न नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुगेको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुनै हालतमा समर्थन नगर्ने बताएको छ ।

शनिबार पेरिसडाँडामा भएको वार्तामा जसपा अध्यक्ष उपेन्द्र यादवले ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका नेतासँग पेरिसडाँडामा भएको छलफलबाट बाहिरिएका अध्यक्ष यादवले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने दोहोर्‍याएएका छन् ।

बाहिरिदै गरेका यादवले भने, ‘कसको दिमाग बिग्रिएको छ र ओलीको सरकारमा जानू,? ’आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो,' उनले भने।

छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभामा चौंथो ठूलो दल रहेको जसपा नयाँ सरकार गठनको लागि निर्णायक रहेको छ। जसपासँग संसदमा ३४ सिट छ ।

शुक्रबार बेलुका जसपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट बार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077