काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी छाडेर नेकपा एमालेमा गएकाहरुलाई कारवाही गर्ने भएको छ ।
माओवादी केन्द्रले आज आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रको बैठक अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडा बस्दै छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार माओवादी नेता रामबहादुर थापासहितका २३ जनालाई एमालेको विभिन्न पदमा मनोनित गरेका थिए ।
आजको बैठकमा एमालेमा गएका नेताहरुलाई कारवाही गर्ने माओवादी केन्द्रका एक नेताले बताए । एमालेमा गएका माओवादीका नेताहरूको सांसद पद पनि खारेज गर्ने तयारी छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समिकरणबारे छलफल हुने बताइएको छ ।
Leave a Reply