Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेको दशौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पदाधिकारी खारेज गरेर एमालेको दशौं महाधिवेशनको मिति घोषणा गरेका छन् ।

ओलीले पार्टीमा महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज गरेका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षको बहुमत रहेको पदाधिकारी नै खारेज गरेका छन् ।

आज बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैंठकले बागमती र सूदु्रपश्चिम प्रदेशको इन्चार्ज हेरफेर गरेको छ । नयाँ निर्णय अनुसार बागमती प्रदेशमा इन्चार्ज रहेकी अष्टलक्ष्मी शाक्यलाई हटाएर एमालेमा आएका माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई इन्चार्ज बनाइएको छ भने सूदुरपश्चिम प्रदेशमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

बैठकले बादलसहित २३ माओवादी नेता एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

त्यस्तै, नेता प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।

त्यसैगरी बैठकले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकेको छ। प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा पूर्व माओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ुबादलु, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

स्कूल विभाग प्रमुखको जिम्मेवारी ओली आफैंले लिएका छन् भने संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ। विदेश विभागको जिम्मेवारी डा। राजन भट्टराईले पाएका छन् ।

नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।

नेकपाको अब अर्को बैठक चैत ७ गते बस्ने भएको छ।

यसअघि २२० जनाको केन्द्रीय कमिटी रहेको एमालेमा अब माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतस् केन्द्रीय सदस्य भएसँगै २६४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077