Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतमा २ जना र उच्च अदालतका १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।

जस अनुसार कुमार चुँडाल र नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ ।

त्यसैगरी, न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतहरु मध्येबाट नारायणप्रसाद पौडेल र ऋषि भण्डारीलाई उच्च अदालतको न्यायधीशमा सिफारिस गरिएको छ।

त्यस्तै, जिल्ला न्यायधीशहरु मध्येबाट सात जना, न्याय सेवाका रा. प. प्रथम श्रेणीका अधिकृतहरु मध्येबाट दुई जना र अधिवक्ताहरु मध्येबाट सात जना उच्च अदालतको न्यायधीशमा सिफारिस भएका छन्।

सिफारिसमा परेका न्यायधीशहरुको सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077