Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको केन्द्रीय सदस्यमा बादलसहित २२ माओवादी नेता मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले बादलसहित २२ माओवादी नेता एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको बताएको छ ।

यस्तै, नेता प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।

त्यसैगरी बैठकले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकेको छ। प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा पूर्व माओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा 'बादल', गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

स्कूल विभाग प्रमुखको जिम्मेवारी ओली आफैंले लिएका छन् भने संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ। विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् ।

नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।

नेकपाको अब अर्को बैठक चैत ७ गते बस्ने भएको छ।

यसअघि २२० जनाको केन्द्रीय कमिटी रहेको एमालेमा अब माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतस् केन्द्रीय सदस्य भएसँगै २६४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077