Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाले पदाधिकारी बैठक बोलाएपछि पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा पनि यतिबेला देउवा पक्ष र पौडेल पक्ष रहेका छन् ।

शुक्रबार दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आजै ४ बजे जनता समाजवादी पार्टीले सत्ता साझेदारीको लागि कांग्रेससँग छलफल गर्ने तय भएसँगै देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

यतिबेला देउवाले पदाधिकारी बैठक बोलाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि आफ्नो छुट्टै भेला गरेको छ ।

पार्टी महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल समूह भेला भएको हो ।

भेलामा पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत सहभागी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077