Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालहरुले छिट्टै एमाले कब्जा गर्ने प्रचण्डको भनाइ

रुपन्देही। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका माधवकुमार नेपालहरुले पार्टी कब्जा गर्न सक्ने उल्लेख गरेका छन्।

शुक्रबार बुटवलमा रहेका अध्यक्ष प्रचण्डले अहिलेको स्थितिमा एमाले रहन नसक्ने भन्दै माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थितिमा रहेको उल्लेख गरेका हुन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए ।

तर, सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि माधव नेपालहरु एमालेमा छन् भने प्रचण्डहरु माओवादी केन्द्रमा रहेका छन् ।

प्रचण्डसँग छुट्टीएर गएका नेपाल अहिले पार्टीमा आफ्नो भूमिकाको बारेमा अध्यक्ष ओलीले आफूसँग कुरै नगरेको भन्दै असन्तुष्ट रहदै आएका छन्।

बिहीबार माधव नेपाल पक्षको भेलामा पनि आफुहरुलाई पार्टीले उचित सम्मान नगरेको भन्दै आपति जनाउँदै विरोध वक्तव्य जारी गर्ने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077