Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इन्जिनियर कार्कीको घुस प्रकरणमा लेखा अधिकृत सापकोटा पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पुजा कार्कीको घुसकाण्डमा लेखा अधिकृतलाई पनि पक्राउ गरेको छ।

यसअघि आयोगको टोलीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको अवस्थामा कार्कीलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला धादिङ्ग, गंगा जमुना गाउँपालिकामा कार्यरत लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर कार्कीको मिलेमतो देखिएको हो।

बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सम्पन्न पश्चात बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरी लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा पुजा कार्कीले आफू र लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको लागि रु ९५,०००।–घुस रकम लिएको अवस्थामा बरामद भएको पुष्टि हुन आएको आयोगले जनाएको छ।

पक्राउ परेका उनीहरुमाथि आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077