Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिगामीविरुद्द रंगिन क्रान्ति गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू संघीयता गणतन्त्रको पक्षमा रहेका कारण आफूलाई अहिले निशाना बनाइएको टिप्पणी गरेका छन्।

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले गणतन्त्रबादी शक्तिहरुले  ०६२/६३ को जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास गरिरहेको बताए ।

बिहीबार आफुले भनेको कुरालाई प्रस्ट्याउँदै प्रचण्डले भने, 'फेरि विद्रोह वा फेरि हिंसाको कुरा गरेको होइन, कोही कसैमा भ्रम नपरोस्, लडेर ल्याएका उपलब्धिलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति गर्नुपर्छ, रंगिन क्रान्ति ।’

यस्तो क्रान्ति सबै तहका नागरिक सडकमा निस्किएर शान्तिपूर्ण रुपमै सफल पार्न सकिने उनले बताए ।

कार्यक्रममा प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई सम्झिदै भने ‘विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न, अर्को हस्ताक्षरकर्ता म जीवित छु । शान्ति सम्झौतापछि हासिल भएको यो परिवर्तनलाई उल्ट्याउन मविरुद्ध हमला भइरहेको मैले महसुस गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077