काठमाडौँ। सत्ता समीकरणमा निर्णायक भूमिका रहने भएपछि एकाएक चर्चामा आएको जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ५ नेताले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ ५ बजे भेटेर आफूहरूको मागबारे छलफल गर्ने निर्णय गरेको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
जसपाले मधेस आन्दोलनको वेलामा पक्राउ परेका रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग राखेको छ।
बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतोको सहभागीता रहेको थियो ।
Leave a Reply