Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डले भने - बरु फेरि जेल जान्छु तर ओली प्रवृतिसँग सम्झौता गर्दिन

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृतिसँग सम्झौता गर्नु भनेको आफुहरुको सम्पूर्ण चिज ध्वस्त हुने बताएका छन्।

बिहीबार नयाँ नमूना स्वास्थ्यकर्मी संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'म अब फेरि जेल जान पनि तयार, मर्न पनि तयार तर यो प्रवृतिमाथि प्रहार गर्नैपर्छ।'

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले राजनीतिक परिवर्तनमाथि समेत हमला भइरहेको बताएका छन् ।

'हामीले संसद् विघटनका विरुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं । अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन् । तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ', उनले भने।

वर्तमान समयमा मुलुकको राजनीतिक परिस्थिति जटिल र चुनौतिपूर्ण रहेको भन्दै यसको सबै दोष ओली प्रवृति रहेको दाहालले बताए।

पार्टी निर्माणका लागि फेरि शान्तिपूर्ण ढंगले अभियान चलाउनुपर्ने र अहिले युद्धको परिस्थिति नरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077