Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्वउपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य थापाको बुधबार ७२ वर्षका उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवासमा निधन भएको हो ।

सभापति देउवाले शोक सन्देशमार्फत थापाले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेपाल शिक्षक सङ्घ गुल्मीका संस्थापक अध्यक्ष थापाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

बिपी विचार समाजका जिल्ला अध्यक्ष थापाको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077