Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली प्रतिगमनका मुख्य खलनायक हुन् : बाबुराम भट्टराई

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिगमनका मुख्य खलनायक रहेको आरोप लगाएका छन्।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् भनेका छन्, वर्तमान समयमा देशको खलनायक नै ओली हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईले ओली हटाऊ, देश बचाऊ भन्दै सबैसामु आग्रह समेत गरेका छन्।

उनले लेखेका छन् 'अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत ? यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन् ! किन नबुझेको ? ओली हटाऊ देश बचाऊ। '

https://twitter.com/brb1954/status/1369644241224273922

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077