Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीलाई जसले रिहाइ गर्छ उसैलाई जसपाले समर्थन गर्छ : राजेन्द्र महतो

काठमाडौं । सरकारमा जाने तयारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेका छन्।

बुधबार संसद बैठक सकिए लगत्तै प्रचण्डलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि पेरिसडाँडा पुगेका थिए।

भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएको स्रोतले बताएको छ ।

प्रतिनिधिसभामा चौंथो ठुलो दल रहेको जसपाले नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रसँग आफूहरुको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

‘रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधन हाम्रो मुद्दा हो, जसले यो पूरा गर्छ, उसलाई साथ दिन्छौं’ भेटमा सहभागी वरिष्ठ नेता महतोले भने ।

प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईलाई पनि भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077