Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीले संगठनलाई मूर्त रुप दिन भन्दै गठन गर्यो कार्यदल

काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठनलाई मूर्त रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संगठनलाई मजबुत बनाउन कार्यदल गठन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार प्रचण्डले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा.बाबुराम भट्टराईसँग वार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077