Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सचिवालयलाई आयोगको पत्र : एमाले र माओवादी केन्द्र फरक पार्टी हुन्

काठमाडौँ। सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको छ ।

बुधबार आयोगले सर्वोच्चको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालयमा पठाएको छ ।

वर्तमान सरकारको विकल्पबारे अनेक टिप्पणी गरिएको अवस्थामा बुधबार बस्ने संसद बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सत्ता पक्षकै लहरमा बस्ने भएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

नेकपा माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा भने उसका लागि विपक्षी दलका रुपमा प्रतिनिधिसभा बैठकमा स्थानको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

गत आइतबार सर्वोच्चले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण खारेज गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077