Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संविधान ध्वस्त गर्ने ओलीसँग कांग्रेसले सहकार्य गर्दैन : शेखर कोइराला

झापा। नेपाली कांग्रेस नेता शेखर कोइरालाले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर सरकारमा जान नहुने बताएका छन्।

झापाको बिर्तामोडमा बुधबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता कोइरालाले संविधान नै ध्वस्त गरेर अघि बढेका केपी ओलीसँग सरकार बनाउने विषयमा कांग्रेसले सहकार्य गर्न नहुने बताएका हुन्।

कार्यक्रममा बोल्दै कोइरालाले वर्तमान अवस्थामा कांग्रेस पर्खा र हेर को स्थितिमा बस्न नहुने भन्दै चुनावमुखी अभियानमा लाग्नु पर्नेमा जोड दिए।

'प्रधानमन्त्री ओलीसंग मिलेर सरकार बनाउने हो भने अबको एक वर्षभित्र चुनाव गराउने सर्तमा मात्र कांग्रेस सरकारमा जानसक्छ', उनले भने ।

त्यस्तै, सर्वोच्चको फैसलाले देश अन्योलको अवस्थामा पुगेको पनि उनले बताए । ढिलोमा ०७८ चैतभित्र चुनाव गराउनु पर्छ, । ‘चुनाव ०७८ चैतभन्दा पछि जान भएन । त्यसभन्दा पछि भयो भने देशले ठूलो नोक्सान बेहोर्छ,’ उनले भने, ।

कोइरालाले आफू पार्टीको १४औं महाधिवेशनका लागि माहोल बनाउन जिल्ला दौडाहमा निस्किएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077