Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को परीक्षा जेठ २६ बाट (परीक्षा तालिका सहित)

काठमाडौं । कक्षा १२ को परीक्षा पनि दुई महिना पर धकेलिएको छ । कोरोनाको महामारीका कारण समयमै कक्षा सञ्चालन हुन नसक्दा सरकारले शैक्षिक सत्र नै जेठसम्मका लागि पर सारेको छ ।

सोही अनुरुप राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।

तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ ।

त्यसैगरी जेठ २८ गते फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ ।

यस्तो छ परीक्षा तालिका

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077