Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ढुंगाना र मिश्र डेपुटी गभर्नरमा नियुक्त

काठमाडौं । सरकारले नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्पिरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।

डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभागमा प्रमुख छिन् भने मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।

पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद १९ फागुनमा सकिएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077