Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यसरी गरियो चितवनमा एमाले पार्टी कार्यालयको स्थापना

चितवन । सर्वोच्च अदालतले नेकपाको एकतालाई भंग गरेपछि नेकपा एमाले चितवनले मंगलबारदेखि जिल्ला पार्टी कार्यालय खुलाएको छ ।

भरतपुर कृष्णपुरमा एमाले पार्टी कार्यालयको पुनः स्थापना गरिएको हो । पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्विरसमेत राखिएको छ ।

पार्टी कार्यालय स्थापना गर्दा कार्यकर्ताहरुले नाचगान गर्दै एमाले ‘केपी ओली जिन्दावाद, एमाले पार्टी जिन्दावाद’ को नारासमेत लगाए ।

नेकपा एमाले चितवनका नेता रामप्रसाद न्यौपानेले आफ्नो पार्टी एमाले नै भएको र अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफुहरु उत्साहित भएको प्रतिक्रिया दिए ।

उनले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077