Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एपेक्सको ठगी काण्डमा भेटवाल पक्राउ, कांग्रेस नेता धिताल पनि अख्तियारको निगरानीमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एपेन्स बैंकमा भएको कर्जा घोटालमा ठेकदार मनोज भेटवाललाई पक्राउ गरेको छ ।

आयोगले ठेकदार भेटवालाई बयानमा बोलाएर थुनामा राखेको हो ।

उनीविरुद्ध यसअघि सिआइबीले धितोको वास्तविक मूल्याङकनभन्दा धेरै कर्जा लिएको आरोपमा मुद्दा दायर गरिसकेको छ ।

एपेक्स घोटालामा भेटवालसँगै कांग्रेस नेता विष्णु धितालका बिरुद्ध पनि मुद्दा दायर गरेका छन् । धिताल अख्तियारको मुद्दामा पनि छानबिनमा छन् ।

यसअघि उनीविरुद्ध राजश्व छलीको मुद्दा समेत दायर भइसकेको छ ।

काठमाडौँको पुरानो बसपार्कमा भ्यू टावर बनाउने ठेक्का पाएको उनको कम्पनीले समयभित्र काम गर्न सकेको छैन । उनले खुलामञ्च कब्जा गरेर सटर बनाई भाडामा लगाएर ठगी गरेका थिए ।

यस बिषयमा थपपनि थप अनुसन्धान भइरहेको आख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077