Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक बसेको नेकपा माओवादी केन्द्रको बैठकले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समावादी पार्टी (जसपा) सँग वार्ता गर्ने निर्णय गरेको छ ।

आज मओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रचण्डलाई छाडेर ओली पक्षमा गएका नेताहरु रामबहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा अनुपस्थित थिए भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, पम्फा भुसाल,लिलामणि पोखरेल, शक्ति बस्नेत लगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077