Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई पार्टीबाट निकालेको भन्ने अपराधीहरुको झलझली सम्झना भइरह्यो : सुर्य थापा

काठमाडौँ। आइतबार सर्वोच्च अदालतको फैसलाले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि संसद्को सबैभन्दा ठूलो सत्तारुढ दल नेकपा एमाले भित्रको राजनीति अब कसरी अगाडि बढ्छ भन्ने विषयमा आमचासो रहेको छ ।

पार्टीका नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहबाट निस्केर प्रचण्डसँग मिलेर प्रचण्ड-माधव समूह खडा गरेको थिए ।

पार्टी अलग भएपछि सार्वजनिक कार्यक्रममा हदैसम्मको एकले अर्कालाई आरोप-प्रत्यारोप लगाउदै हिडेका उनीहरु  अहिले फेरी सँगै देखिन पर्ने भएको छ।

पछिल्लो समय नेताहरुको एकअर्काप्रतिको अभियक्ति सुन्दा त छिट्टै मन मिलिहाल्न त्यति सहज देखिँदैन ।

यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबूकमा स्टाटस लेख्दै भनेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चारपटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ ।

त्यस्तै, उनले जनताले दुईतिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन नमिल्ने उल्लख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077