Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बोलेरोले किच्दा एक जनाको मृत्यु

दोलखा। बैतेश्वर गाउँपालिका-६ नाम्दु पैयुँखोलास्थित भित्री सडकमा बा.१४ च ९९९३ नम्बरको बोलेरोले किच्दा दोलखा बैतेश्वर गाउँपालिका(६ नाम्दु बस्ने ४० वर्षीय बद्री थामीको सोमबार बेलुकी मृत्यु भएको छ ।

सोही बोलेरोमा यात्रा गरि आएका बद्रीले बोलेरोको सापट भाँचिदा ओत हाल्ने क्रममा बोलेरो ब्याक भई सोही बोलेरोले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बोलेरो चालकलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077