Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु, ओली पक्षका ४ जना गएनन्

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।

पार्टी ब्युतिएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार स्थायी कमिटी बैठक राखेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन लागेको स्रोतले बताएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, पम्फा भुसाल,लिलामणि पोखरेल, शक्ति बस्नेत लगायत सहभागी छन् ।

त्यस्तै, ओली पक्षका चार नेता रामबहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा सहभागी छैनन् ।

अदालतको फैसलापछि बैठक आज पहिलो पटक बस्न लागेको हो।

बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077