Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजपा र समाजवादीपछि जसपाको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौँ। आइतबार सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र कायम भएसँगै प्रतिनिधिसभाको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)ले पनि बैठक बस्दै छ ।

जसपा एकीकरण भन्दा अघि रहेका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीले छुट्टाछुट्टै भेला गरेका छन् ।

साविकका छुट्टाछुट्टै संसदीय दलको बैठकपछि मंगलबार दिउँसो संयुक्त रूपमा जसपा संसदीय दलको बैठक बस्ने स्रोतले जनाएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको स्रोतले बताएको  छ ।

एकीकरण भइसकेको महिनौंपछि पनि साविकका पार्टीले छुट्टाछुट्टै भेला गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077