Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक १ बजे बस्दै

काठमाडौँ । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता खारेज गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

अदालतको फैसलापछि बैठक आज पहिलो पटक बस्न लागेको हो ।

मंगलबार दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए ।

अदालतको फैसलापछिको बारेमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077