Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धुम्बाराहीमा एमालेले नेकपाको बोर्ड हटायो

काठमाडौँ। आइतबार सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र छुट्टिएका छन् ।

अदालतको फैसलासँगै मंगलबार बिहान साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा एमालेले एमालेको बोर्ड राखेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखेको  हो । यसअघि एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो ।

त्यस्तै, माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ ।

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको प्रचण्ड-माधव समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन् ।

जिल्लादेखि गाउँ-गाउँसम्म पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077