Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद भवनबाट बाहिरिए लगत्तै ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौँ। संसद भवनबाट बाहिरिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

ओलीले आइतबार साढे ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन्।

सर्वोच्च अदालतले दुई खेमामा बाँडिएको हालको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अस्तित्व कायम रहने फैसला गरेसँगै ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।

अदालतले गरेको फैसलासँगै हाल सत्ताबाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् भने हाल सत्तारुढ खेमामा रहेका माओवादी केन्द्रका सांसदहरु माओवादी केन्द्रको सांसदको रुपमा रहनेछन् । ओलीले बोलाएको बैठकमा को-को सहभागी हुने हुन् त्यो भने पर्खाइको बिषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077