Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तोकिएको समयमा बैठक शुरु नहुँदा संसद भवनबाट बाहिरिए प्रधानमन्त्री

काठमाडौं। आज चार बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक समयमा सुरु हुन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्।

सर्वोच्च अदालतको फैसलालाई मान्छौ, पूर्ण पाठ पढेपछि थप प्रतिक्रिया दिउँला भन्दै प्रधानमन्त्री ओली एकाएक बाहिरिए।

प्रधानमन्त्री ओली किन बैठक नै छोडेर निस्किए भन्ने खुलेको छैन भित्री कारण खुलेको छैन।

प्रधानमन्त्री ‌ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने सभामुख अग्नि सापकोटाले ४ बजे बैठक सुरु गर्न नसक्दा प्रधानमन्त्री ओली बाहिरीएको प्रतिक्रिया दिएका छन्।

आजको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा, नेता बाबुराम भट्टराई लगायत संसदहरु संसद भवन पुगिसकेका छन्।

४ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077