Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चको फैसला लगत्तै प्रचण्ड-माधव समूहको आकस्मिक बैठक सिंहदरबारमा

काठमाडौं ।आइतबर सर्वोच्च अदालतले नेकपाको नाममा रहेको मुद्दाको फैसला ऋषिराम कट्टेलको पक्षमा गरेसँगै दलका नेताहरु अन्यौलमा परेका छन्।

अदालतको फैसलाप्रति असन्तुष्टि जनाउदै प्रचण्ड–माधव समूह आकस्मिक बैठकमा जुटेको छ ।

सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा फर्काइदिएको छ ।

फैसलालगत्तै अध्यक्ष प्रचण्डले अदालतको फैसला अपेक्षा विपरित आएको टिप्पणी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077