Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्तापक्षकै कुर्सीमा बस्ने भए प्रचण्ड–माधव समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को औपचारिक विभाजन भएको पत्र निर्वाचन आयोगबाट प्राप्त नभएकाले प्रचण्ड र माधव समूहका सांसदहरु सत्तापक्षको कुर्सीमै बस्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) साँझ ४ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभा संसद बैठकमा नेकपा प्रचण्ड–माधव समूहका सांसदहरु सत्तापक्षीय कुर्सीमै बस्ने भएका हुन् ।

संसद सचिवालयले एकीकृत भएको जनता समाजवादी पार्टीका लागि भने सिट व्यवस्थापन मिलाएको छ।

संसद सचिवालयले नेकपाको संसदीय दलको नेता केपी शर्मा ओलीले देव गुरुङ्लाई हटाएर विशाल भट्टराई प्रमुख सचेतक बनेको जानकारी प्राप्त भएको जनाएको छ।

सचिवलायका प्रवक्ता रोजनाथ पाण्डेले प्रतिनिधि सभाबाट अनुमोदन भएका सदस्यहरू कार्यव्यवस्था समितिमा रहने प्रचलन रहेको बताए।

उनले नयाँ नियुक्ती भएका प्रमुख सचेतक समितिमा रहनुपर्ने बाध्यात्मक अवस्था नरहेको बताए। तर सभामुखले आमन्त्रण गर्न सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077