Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन सातापछि रसुवागढी नाका सञ्चालनमा

रसुवा । नेपाल–चीन व्यापारीक नाका रसुवागढी तीन सातापछि सञ्चालनमा आएको छ ।

गत माघ २९ गतेदेखि बन्द नाका आजदेखि सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।

नेपाली व्यावसायीको सामान बोकेका ७ कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको रेग्मीले बताए । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाली पक्षलाई दिएका थिए ।

भन्सार प्रशासन खुला रहे पनि कामदार अभावमा नाकाको व्यापार ठप्प थियो । कोरोना महामारी र प्राकृतिक विपत्तिका कारण पटक पटक रसुवागढी नाका अवरुद्ध हुँदै आएको छ ।

रसुवागढी र तातोपानी बाट अहिले कोटा प्रणालीमा माल वस्तु आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077