Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड-माधव समूह निर्वाचन आयोग जाँदै

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह आज निर्वाचन आयोग जाने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा अहिले आयोग जाने तयारी भइरहेको सो समूहका केन्द्रीय सदस्यले बताए  ।

पछिल्लो समय आयोगले नेकपा विवादबारे कुनै निर्णय नगरेपछि आयोग जाने तयारी भएको उक्त समूहले जनाएको छ ।

बुधबार मात्रै केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको प्रचण्ड-माधव समूहले सदस्यहरुको हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र सहित आयोगमा जान लागेको हो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालसहित राजधानीमा रहेका केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077