Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले मौसमबारे जानकारी गराउँदै हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जनाएको छ ।

हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको रतराइका थोरै स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। यता, पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

यस्तै, आज राति देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। भने, पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077