Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

म्याग्दी।  बेनी नगरपालिका-४ सिंगातातोपानीस्थित सडकमा ग.१ ज ६७८८ नम्बरको बोलेरो सडकबाट करिब ३५ मिटर तल म्याग्दी खोलामा खसेर बिहीबार राति दुर्घटना हुँदा बोलेरोमा सवार मालिका गाउँपालिका-३ बस्ने ६२ वर्षीय गोबिन्द रोकाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गोबिन्दको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत अन्य ४ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।  

रौतहट, बृन्दावन नगरपालिका-१ स्थित सडकमा ना.७ त ५५३१ नम्बरको ट्याक्टरको टेलरबाट झर्ने क्रममा टेलरको पछाडीको चक्काले किचेर ट्याक्टरमा लेवर काम गर्ने चन्द्रपुर नगरपालिका-६ झनझने टोल बस्ने सर्लाही मुर्तिया घर भएका ६२ वर्षीय रामजी कुश्वारको शुक्रबार बिहान मृत्यु भएको छ । किचेर गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय चन्द्रपुर अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उल्लेखित दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077