Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी दुर्घटनामा ५ जनाको मृत्यु      

काठमाडौं। दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली गेटस्थित सडकमा बा.२ क ४५५३ नम्बरको टिपरको ठक्करबाट  पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय अर्जुन कुमार रंजितकारको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

बर्दिया, बाँसगढी नगरपालिका-३ लखना बेलुवास्थित सडकमा भे.१ त ७५०७ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही नगरपालिका-३ बनमुडुवा बस्ने ४५ वर्षीय लाल बहादुर थारुको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ मैकलस्थित सडकमा  रा.१ त ३०४० नम्बरको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-४ बस्ने १८ वर्षीय होमराज कुमाईको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मुगु, छायाँनाथ रारा नगरपालिका-१४ बाम लौरीडाँडास्थित सडकमा लु.४ त ७३६६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया धर्मशिला बढुवालको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गमगडी ठिनीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पाल्पा, रामपुर नगरपालिका-७ किसानबारीस्थित सडकमा लु.१३ प ६८१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ बिजयपुर बस्ने ३० वर्षीय सन्जु आलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उल्लेखित दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077