Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मान्छे मारेको केसमा दुई लाख घुस लिने औषधि विभागका अधिकृत रंगेहात पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरको छ ।

आयोगको इटहरी कार्यालयले विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडि रहेको भट्टराई होटलबाट सुवेदीलाई पक्राउ गरेको हो ।

आयोगले सुवेदीलाई घुसवापत रकम लिँदै गर्दा आज दिउँसो ४ बजेतिर रंगेहात पक्राउ गरेको हो ।

मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका २४ वर्षीय सुवेदी विभागको करारमा कार्यरत थिए ।

सुवेदीले तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मोराहाङमा समृद्धि फर्मा नामक औषधि पसल सञ्चालन गरेर बसेका औषधि व्यवसायीसँग दुई लाख रुपैयाँ घुस लिएका हुन् ।

यस्तो घटना विवरण
गत वैशाख ५ गते समृद्धि फर्मा नामक औषधि पसलमा उपचार गराएका एक पुरुषको मृत्यु हुन्छ ।

त्यसपछि विभागकै निर्देशनमा प्रहरीले फर्मा सञ्चालकलाई पक्राउ गर्दै उनीविरुद्ध उपचारको कसूरमा कारबाही अघि बढायो ।

औषधि सञ्चालक अनुसन्धानका लागि भन्दै २६ दिन प्रहरी हिरासतमा बसे ।

त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमले उनीविरुद्ध चलाइएको मुद्दामा औषधि व्यवस्था विभागसँग राय माग्यो । त्यहि मौकामा सुवेदीले घुस माग्न थालेको हुन् ।

विभागको निर्देशनमा गत भदौ ५ गते औषधि पसल पनि सिल गरिएको थियो । मुद्दा विचाराधिन अवस्थामै छ भने सिल गरिएको पसल पनि बन्द नै छ ।

पसलको चाबी राखेर विभागले सञ्चालकलाई तारेखमा राखेको थियो । चाबी फिर्ता गर्दै सिल रहेको औषधि पसल खुला गरिदिने र वकिलले माग गरेको राय पनि जेल नपर्ने हिसाबले दिने भन्दै आफूसँग विभागका कर्मचारीले घुसको बार्गेनिङ थालेको सञ्चालकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077