Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

कैलाली।  गोदावरी नगरपालिका-८ जग्दाहास्थित सडकमा से. १ त ४३०३ नम्बरको ट्याक्टरबाट खसेर गोदावरी नगरपालिका-७ हरैया बस्ने २४ वर्षीय गोबिन्द चौधरीको बिहीबार बिहान मृत्यु भएको छ । फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-८ स्थित सडकमा ना.१ क ८२५२ नम्बरको ट्याङकर र  लु.२२ प ५२६९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सैनामैना नगरपालिका-५ बस्ने पाल्पा कचल गाउँपालिका-७ घर भएका ३३ वर्षीय टोलक बहादुर पुन मगरको मृत्यु भएको छ ।  दुर्घटनामा परी गम्भीर घाईते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077