Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सिंहको दाबी

बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेसको सरकार बन्ने दाबी गरेका छन् ।

बुटवलमा पत्रकारसँग कुरा गर्दै पुराना  नेता सिंहले एमसीसीबारे एजेण्डा मिल्ने भएकाले नयाँ सरकार ओली समूह र कांग्रेसले बनाउने दाबी गरेका हुन् । उनले भनेका छन्– ‘एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ ।’

नेता सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेमा समेत जोड दिएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता भने बढ्ने उनले अनुमान गरेका छन् ।

नेता सिंहले ओली र देउवाको चाहना अनुसार एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा बन्ने भएकाले यो दुर्घटनाबाट देशलाई रोक्न  समिकरण बन्न दिनु नहुने उल्लेख गरे ।

सर्वोच्चको फैसलापछि पनि मुलुक अस्थित बन्ने आशंका भने उनले गरेका छन्। सिंहले भने, ‘ओलीको अध्यारो यात्रामा अंकुश लागे पनि अब नयाँनयाँ जटिलताहरू थपिँदै जानेछन्'।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077