Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५० हजार घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टर र सई पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी बलका दुईजना अधिकृतलाई पक्राउ गरेको छ ।

अख्तियार कार्यालय बुटवलको टोलीले उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट उक्त रकम लिएको आरोपमा सशस्त्रका दुईजना अधिकृतलाई पक्राउ गरेको हो  ।

अख्तियारको टोलीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प गैडहवा–३ रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पाशीलाई टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारले उनीहरुलाई रुपन्देहीको गैडहवा गाउँपालिका–३ बाट पक्राउ गरेको हो।

काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट उनीहरुले घुस लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077