Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वार्ताको चर्चा चलिरहँदा किन पक्राउ परे धर्मेन्द्र बाँस्तोला ?

काठमाडौं। सरकार र नेकपा बिप्लब समूहबीच वार्ताको चर्चा चलिरहेको बेला  विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला फेरी पक्राउ परेका छन् ।

बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको हो ।

सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।
तर, अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका वास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

काभ्रेमा बाँस्तोलामाथि मुद्दा रहेकाले पक्राउ गरी त्यतै पठाउने तयारी भइरहेको महानगरिय प्रहरी परिसर काठमाडौंका  प्रमुख एसएसपी अशोक सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077