Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा?'

नवलपरासी । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्क्याएको बताएका छन् ।

नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेसले गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले न्यायलयलाई धम्क्याएको भन्दै टोले गुण्डाको संज्ञा दिएका छन् ।

शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले विराटनगरमा गरेको सभामार्फत प्रधानमन्त्री ओलीले न्यायलयलाई धम्क्याएको नेता थापाको भनाइ थियो ।

‘प्रधानमन्त्रीले हिजो विराटनगरबाट अदालतलाई सडकबाट धम्क्याउने काम गर्नुभयो ।

केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’ थापाले भने, ‘सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै छैनन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077